महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाई केन्द्रलाई सहयोग

सफल खबर संवाददाता

बुधबार, २४ पुस २०८१, १५ : ३९
महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाई केन्द्रलाई सहयोग

काठमाडौँ । महालक्ष्मी विकास बैंकले अटिजम सिकाई केन्द्रलाई सहयोग गरेको छ ।  बैंकको दमक शाखाले दमक ९ स्थित सरस्वती माध्यमिक विद्यालयले सञ्चालन गरेको अटिजम सिकाई केन्द्रलाई सहयोग गरेको हो । 

अटिजम भएका विद्यार्थीहरुको शैक्षिक क्रियाकलापहरूलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग स्वरूप प्रदान गरेको बैंकले जनाएको छ । 

हाल विद्यालयमा २४ जना अटिजम भएका विद्यार्थीहरू अध्ययनरत छन् ।