काठमाडौं । सत्ता गठबन्धनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर जनता समाजवादी पार्टी (जसपा)लाई दिने सहमति भएपछि कांग्रेसका नेता तथा कार्यकर्ताहरू सामूहिक रूपमा राजीनामा दिने तयारी गरेका छन्।
गठबन्धनमा कांग्रेसलाई जनकपुरधामको मेयर नपरेपछि यहाँका स्थानीय नेता तथा कार्यकर्ताहरू विराेधमा उत्रिएका थिए।शुक्रवार जनकपुरधाम उपमहानगरपालिकाका नगर सभापति मनोजकुमार साहलगायतका नेता-कार्यकर्ताले सामूहिक राजीनामा दिन लागेका हुन्।
यसका लागि २ बजे पत्रकार सम्मेलनको आयोजना समेत गरेका छन्।मेयर जसपालाई दिने सहमति भएपछि पार्टीलाई २४ घण्टे अल्टिमेटम दिएकोमा समय पुगेपछि साधारण सदस्य समेत नरहेने गरी उनीसहित सयौँको संख्यामा नेता ता कार्यकर्ताहरु राजीनामा दिन लागेका हुन्।
२०७४ को निर्वाचनमा साहले दोस्रो स्थान प्राप्त गरेका थिए। गत निर्वाचनमा जनकपुरधामबाट तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले जित हासिल गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ बैशाख २०७९, १३ : १६
लेखकबाट थप