काठमाडौं । दार्चुलामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।
शैल्यशिखर नगरपालिका-६ ग्वानीमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो।शान्तिपूर्ण र्याली गरिरहेका बेला कांग्रेसका कार्यकर्ताले आफूमाथि ढुंगा र सिसाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ताकाे आराेप छ।
झडपमा क्रममा गाडीका शिशा फुटनुका साथै एमालेका केही कार्यकर्ता घाइते भएको बताइएकाे छ।जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी निरीक्षक धुव्र विष्टका अनुसार शुक्रबार एमालेका कार्यकर्ताले घरदैलो कार्यक्रम गरिरहेका बेला कांग्रेसका कार्यकर्तासँग सामान्य विवाद भएको र साेही क्रममा झडप हुँदा एमालेका दुईजना कार्यकर्तालाई सामान्य चोट लागेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ बैशाख २०७९, १३ : १०
लेखकबाट थप