काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर नरेफाँट डेरा गरी बस्ने प्रमिला तामाङको कोठाबाट पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली प्रहरीले बरामद गरेको छ ।उनको कोठाबाट पहेलो रङको एक थान धातु लगायत बिभिन्न सामानहरू पनि बुधबार दिउँसो बरामद गरिएको प्रहरीले जनाएको छ ।
तामाङको कोठा खाली गराउने क्रममा काठमाडौं महानगरपालिकाको प्रतिनिधि समेत रहेको प्रहरीको टोलीले रीतपूर्वक जाँच गर्दा उक्त सामानहरू फेला परेको हो । उनको कोठाबाट नेपाली सेनाको एक थान हरियो जर्सी, नेपाल सेनाको कम्ब्याट पोशाक नसिलाएको एक थान, केशव बहादुर धानुकको नामको राहदानी, मोबाइल ४ थान, छाप एक थान, बिभिन्न ब्यक्तिका नामको चेकहरू, बिभिन्न ब्यक्तिका नागरिकताहरु, कपाली तमसुक २ थान, जन्मकुण्डली एक थान र अन्य कागजातहरु बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गोली, पहेलो धातु, कम्ब्याट ड्रेस लगायतको कागजात सम्बन्धमा प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ बैशाख २०७९, १४ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईई परीक्षा हलबाट चिट चोर्न प्रयोग भएका ४६९ थान मोबाइल बरामद
ट्रकमा केरुङ लगिँदै थियो डलर र युरोसहितको स्रोत नखुलेको करोडौं रकम
धरानबाट चार क्विन्टलभन्दा बढी गाँजा बरामद
मुस्ताङमा झण्डै ७ करोडको अवैध सामान बरामद, ट्रकधनीसहित तीन जना पक्राउ
धरानमा सशस्त्र प्रहरीद्वारा १९० किलो गाँजा बरामद
सुनसरीबाट ६४ किलो गाँजा बरामद