काठमाडौँ । रौतहटमा चिट चोर्न प्रयोग भएका ४६९ थान मोबाइल बरामद भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तरगत आइतबारको परीक्षामा जिल्लाभरका विभिन्न केन्द्रबाट सो परिमाणमा मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।
उनका अनुसार परीक्षार्थीहरूले आफ्नो शरीरमा मोबाइल लुकाई छिपाई परीक्षा हलभित्र प्रवेश गराएकोमा चेकजाँचको क्रममा सो मोबाइल बरामद भएको थियो ।
यसैगरी परीक्षा निरीक्षकको रूपमा खटी परीक्षा हलभित्र मोबाइल पास गराउने, परीक्षार्थीहरुलाई चिट चोर्न मद्दत गर्ने र प्रश्नपत्रमा भएको प्रश्नको उत्तर बोलेर लेखाई दिई परीक्षाको मर्यादा भङ्ग गर्ने २ जना गार्डहरू समेतलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनको भनाइ छ ।
यसअघि परीक्षाको दुई दिनमा पनि ७६४ थान मोबाइल गरिएको रायले बताए । सबै मोबाइल सेटहरू प्रहरीकै नियन्त्रणमा रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० चैत्र २०८१, १६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईई परीक्षा : जाजरकोटमा एक घण्टामै प्रश्न पत्र बाहिरियो
जापानबाट २३ जना नेपाली विद्यार्थीले एसईई दिँदै