सुनसरी । सुनसरीबाट ६४ किलो गाँजा बरामद भएको छ । सोमबार सशस्त्र प्रहरीले जिल्लाको भोक्राहानरसिँह गाउँपालिका–८ सोनियाहीस्थित सीमा इलाकाबाट करिब ६४ किलोग्राम गाँजा बरामद गरेको हो ।
नेपालबाट भारततर्फ लैजाँदै गरिएको गाँजा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी मातहत बोर्डर आउट पोष्ट उल्टीले बरामद गरेको हो । गाँजासहित आएका व्यक्ति भने फरार भएको बताइएको छ । फरार व्यक्तिको खोजी भैरहेको समेत सशस्त्र प्रहरीले जनाएको छ ।
यसअघि सोही गण मातहत बीओपी साहेबगंजले बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजारबाट करीब ३५ किलोग्राम गाँजासहितको अटो नियन्त्रणमा लिएको थियो । यसगरी शनिबार सोही जिल्लाको हरिनगर गाउँपालिका–७ स्थित सीमा इलाकाबाट भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको करीब २ लाख ५९ हजार १ सय ४ रुपैयाँ बराबरको ३ हजार वटा ट्रमाडोल हाईड्रो क्लोराईट क्याप्सुल पनि सशस्त्र प्रहरीले बरामद गरेको थियो ।
बिहीबार सोही गाउँपालिका–५ सुकसेनास्थित भित्री सडकखण्डबाट करिव ९४ हजार रुपैयाँ बराबरको १ हजार ९८ वटा ट्रमाडोल हाईड्रो क्लोराईट क्याप्सुल समेत बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । त्यस्तै मंसिर १९ गते धरान उपमहानगरपालिका–८ सेउतीखोलास्थित कोशी लोकमार्गबाट विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सोही उपमहानगरपालिका–१३ अनामटोल बस्ने ४१ बर्षिय रोशन मगर र अमरपथ बस्ने ३७ वर्षीय प्रकाश राईलाई सुरक्षा वेश धरानको चेकप्वाईन्ट टोलीले नियन्त्रणमा लिएको हो । को २५ प ८११ नम्बरको स्कुटरमा सवार उनीहरुलाई शंका लागि जाँच गर्दा ३४ वटा प्रोमेथाजिन, ३५ वटा बुप्रेनोर्फिन, ३५ वटा डाईजेपाम र ३५ वटा फेनिरामीनसहित नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।
नियन्त्रणमा लिइएकाहरुलाई बरामद लागु औषधसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ मंसिर २०८१, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा युद्ध फेरि सुरुः निराश थाइल्याण्डद्वारा बन्धक रिहाइको माग
झापाबाट १६ सय ३६ किलो गाँजा बरामद
गाजामा इजरायली हमलामा कम्तीमा ४० जनाको मृत्यु
हवाई हमलापछि गाजामा इजरायलको स्थलगत आक्रमण तीव्र
गाजामा भीषण आक्रमण, एकैदिन ४०० को मृत्यु
गाजामा इजरायलले फेरि किन थाल्यो आक्रमण ? अब के होला बन्धकको भविष्य ?