काठमाडौं । चीनको केरुङतर्फ लगिँदै गरेको अवस्थामा प्रहरीले स्रोत नखुलेको करोडौं रकम बरामद गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखाबाट छहरेको बाटो हुँदै अगाडि बढ्न खोज्दा एक ट्रकलाई नियन्त्रणमा लिई अनुमानित अमेरिकी डलर ३ लाख २० हजार ३८५ र १३ लाख ७५ हजार युरो बरामद गरेको हो ।
नेपाली विनिमय दरका आधारमा उक्त रकम २५ करोड २१ लाख ४४ हजार हुनसक्ने कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।‘रकम गन्ने काम हुँदैछ, अनुमानित रकममात्रै सार्वजनिक गरिएको हो’, उनले बताए । यसबारे जानकारी दिन अपराह्न १ः३० मा पत्रकार सम्मेलनको आयोजना गरिएको उनले बताए ।
रकमका साथ केही मानिस पक्राउ परेको र उनीहरुमाथि अनुसन्धान भइरहेको प्रवक्ता आचार्यले बताए । ‘कसले पठाएको, कहाँ लगेको र किन लगेको भन्ने कुरा अनुसन्धानपछि मात्रै भन्न सकिन्छ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ चैत्र २०८१, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बचत गरेको आफ्नै रकम निकाल्न नपाउँदा...
स्रोत नखुलेको १९ लाख रूपैयाँ सहित दुई जना पक्राउ
सहकारीले बचतकर्ताको रकम फिर्ता दिएपछि मुद्दा मिलापत्र
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ