काठमाडौं। मुस्ताङमा झण्डै ७ करोड बराबरको अवैध सामानसहित तीन जना पक्राउ परेका छन् । भन्सार प्रज्ञापनपत्र र बिल बिजक बिनाको ६ करोड ८१ लाख बीस हजार ५१० रूपैयाँको अवैध सामानसहित उनीहरू पक्राउ परेका मुस्ताङ प्रहरीले जनाएको छ ।
कोरोला नाकाबाट जोमसोम हुँदै बेनीतर्फ जाँदै गरेको ग १ ख ६९९९ नम्बरको ट्रकमा भन्सार प्रज्ञापनपत्र र बिल बिजकबिना अवैध रूपमा सामान ओसारपसार भएको हुन सक्ने भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले ट्रक चालक विष्णु थापा, ट्रकमा रहेका ट्रकधनी घ्याचो गुरुङ र सोही ट्रकमा रहेका टसी आया गुरुङलाई पक्राउ गरिएको डीएसपी सूर्यबहादुर बोगटीले बताए ।
उक्त ट्रकलाई मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र चेक पोष्ट नजिक फेला पारी ट्रक चालक थापा, ट्रकधनी गुरुङ र सोही ट्रकमा रहेका टसी आया गुरुङलाई समेत सोधपुछ गर्दा शंका लागि उक्त ट्रकभित्र चेकजाँच गर्दा अन्दाजी ६ करोड ८१ लाख २० हजार ५१० रूपैयाँ बराबरको सामान भन्सार प्रज्ञापनपत्र र बिल बिजक बिनाका सामान फेला परेको डीएसपी बोगटीले बताए ।
उक्त ट्रकबाट ३३ प्रकारका सामान बरामद गरिएको छ । आवश्यक कानूनी प्रकृया पूरा गरी पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाइएको डीएसपी बोगटीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, १३ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दसैँ–तिहारमा झन्डै १ करोड बराबरको अवैध सामान बरामद
रुपन्देहीमा ३० वटा आइफोनसहितका सामान बरामद
एक सातामै रुपन्देहीबाट लाखौको अवैध सामान बरामद
नौ लाख बराबरको भन्सार छलीका सामान बरामद
सर्लाहीमा असारमा मात्रै डेढ करोडभन्दा बढी मूल्यका सामान बरामद
प्रहरीद्वारा एक करोडको सामान बरामद