काठमाडौं । पल शाह प्रकरणमा पीडित भनिएको पक्षले बयान फेरेको छ ।
बलात्कार अभियोगमा थुनामा रहेका शाह प्रकरणमा नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले बलात्कार नगरेको भनेर बयान दिएकी हुन् ।
जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा रहेका पलविरुद्ध नाबालिगले बयान फेरेपछि घटनाले नयाँ रुप लिने देखिएको छ ।
जिल्ला अदालत तनहुँमा आइतबार बयानको क्रममा नाबालिग गायिकाले प्रहरीले जबरजस्ती आफूलाई हस्ताक्षर गर्न लगाएको तथा उजुरी दिनका लागि दबाब दिएको भनेर बयान दिएको स्रोतको भनाइ छ ।
१६ वर्षभन्दा कम उमेरकी नाबालिगलाई बलात्कार गरेको पाइएको भन्दै शाहलाई १२ देखि १४ वर्षसम्म माग दाबी गर्दै दुबै अदालतमा मुद्दा दायर भएको थियो । दुबै अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका थिए । हाल उनी तनहुँ कारागारमा छन् ।
बुवाको बयान बाँकी
नाबालिग गायिकाले बयान फेरिपछि यसका विभिन्न पक्षबारे आशंका उब्जिएको छ । तर पीडितले बयान फेरे पनि प्रमाणका आधारमा प्रकृया अघि बढ्ने स्रोतको भनाइ छ । बयानलाई मात्र नभएर अदालतमा पेस गरिएका प्रमाणलाई पनि आधार मानिने उनको भनाइ छ ।
‘पीडितले सामान्य बोली फेरेकी छन् । अरु सबै हो भन्छिन् सम्बन्ध हैन् भनेकि छिन्’, तनहुँ अदालत स्रोतले भन्यो । उनले हैन् भने पनि प्रमाणले पुष्टी गर्ने स्रोतको भनाइ छ । पीडित भनिएको नाबालिगको मात्र बयान भएको र आरोपपत्र दायर गर्ने उनका बुवाको बयान भने बाँकी रहेको अदालत स्रोतको भनाइ छ ।
बुवाको बयानमा के आउँछ त्यसपछि अन्य कुराबारे स्पष्ट हुने छ । ‘पीडितको बकपत्र सकिएको छ । पीडितको बुवा आएको खण्डमा सोमबार वकपत्र हुनेछ’, अदालत स्रोतले भन्यो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ बैशाख २०७९, २१ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पल शाह र प्रताप दाससंँगै झुम्यो दुवई
‘रावायण’को दोस्रो पोस्टरमा यस्तो देखिए पल शाह र पूजा शर्मा
पल शाह स्टारर फिल्म ‘रावायण’को फर्स्टलुक सार्बजनिक
पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ : पल शाह
पल शाहविरुद्धको मुद्दा सर्वोच्च अदालतले दोहोर्याएर हेर्ने