तनहुँ : रामचन्द्र पौडल २ हजार मतले पछि

शनिबार, २३ मंसिर २०७४, १२ : ४४
तनहुँ : रामचन्द्र पौडल  २ हजार मतले पछि

तनहुँ, २३ मंसीर । तनहुँ क्षेत्र नम्बर १ क र २ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार क्षेत्र नम्बर १ मा बामगठबन्धनका कृष्ण कुमार श्रेष्ठ किसानको १२ हजार २ सय ७४ मत छ, भने नेपाली कांग्रेसका रामचन्द्र पौडेल १० हजार ३ सय ३६ मत प्राप्त गरेका छन् । कांग्रेसका रामचन्द्र करिब २ हजार मतले बामगठबन्धनका कृष्णभन्दा पछाडी छन् ।

यस्तै क्षेत्र नम्बर २ मा बामगठबन्धनका केदार सिग्देलको १३ हजार ३ सय ७३ मत छ, भने नेपाली कांग्रेसका शंकर भण्डारीले ११ हजार १ सय ४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस