काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतमा आयोजना हुने एएफसी एसियन कप छनोटको तयारीका लागि प्रशिक्षण गरिरहेका छन् । आगामी जुनमा आयोजना हुने छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने आशा खेलाडीहरुले राखेका छन् ।
फुटबल टिमका खेलाडीले यसपटकको प्रतियोगिता कठिन भएपनि आफूहरु लड्नका लागि जाने र सकारात्मक नजिताको आशामा रहेको बताए । नेपाली टोलीका उपकप्तान रोहित चन्दले टिमको फोकस एसियन छनोटमा रहेको र राम्रो योजनाहरु तयार भएको बताए ।
उनले नेपालले खेल्ने तीनै टिम बलियो भएको बताए । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पहिलो दिन नै नेपाल एशियन कपमा छनोट हुन नसक्ने विषयमा उनले खेलाडीको हौसला बढाउन यस्तो धारणा आएको हुनसक्ने बताए । फुटबलको बिकासका लागि मुख्य ध्यान भनेको ग्रासरुटमा गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै टिमका खेलाडी सुजल श्रेष्ठले यसअघिको नजितालाई हेरेर नभइ टिमलाई नयाँ ढंगले मजबुद बनाउदै अघि बढ्ने बताए । कोचका कुराले कन्फिडेन्स विल्डअप गर्न काम भएको उनले बताए । त्यस्तै खेलाडी नवयुग श्रेष्ठले आफुलाई पहिलाको फर्ममा आउन राम्रो मौका रहेको बताए ।
एएफसी एसियन कप छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ । यस समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।
दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । छनोटबाट समूहको शीर्ष टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ बैशाख २०७९, १५ : ३२
लेखकबाट थप