दिल्ली यू-१९ टोलीमाथि नेपाली युवा टोलीको जित

सफल खबर संवाददाता

मंगलबार, १२ चैत्र २०८१, १६ : ४६
दिल्ली यू-१९ टोलीमाथि नेपाली युवा टोलीको जित

काठमाडौं । नेपाली युवा टोलीले भारतको दिल्ली यू-१९ टोलीलाई पराजित गरेको छ । आइसिसी यू–१९ विश्वकप छनोटको तयारीमा रहेको नेपाली टोलीले अभ्यास खेलमा दिल्ली यू-१९ टोलीलाई ५ विकेटले पराजित गरेको हो ।वीरगञ्जमा दिल्लीले दिएको ९६ रनको लक्ष्य नेपालले ३१ ओभरमा ५ विकेटको गुमाएर पूरा गर्यो ।

नेपालका लागि अमर मिश्रले सर्वाधिक २७ रन बनाए । रोशन विक २५, कप्तान नरेन भट्टले १८ र सिब्रिन श्रेष्ठले १७ रनको योगदान दिए ।

त्यसअघि पहिला ब्याटिङ गरको दिल्ली २३ ओभर २ बलमा ९५ रनमा समेटिएको थियो । दिल्लीका साथक पालले सर्वाधिक २९ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस