काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) ले एमालेसँग चुनावी तालमेललाई प्राथमिकता दिने भएको छ। कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको भर्च्यूअल बैठकले एमालेसँग निर्वाचनमा तालमेललाई प्राथमिकता दिने निर्णय गरेको हो।
बैठकले तालमेल भएका स्थानहरूमा 'साझा चुनाव चिन्ह' लिएर उठ्नेबारे निर्णय गर्ने अधिकार पदाधिकारी बैठकलाई दिने निर्णय गरेको छ। बैठकले बैशाख ३० गते हुने स्थानीय चुनावको घोषणा पत्र पारित गरेको छ।
राप्रपा नेपालले घोषणा पत्रमा शिक्षा, स्वास्थ्यमा उच्चतम् लगानी, रोजगारी सिर्जनामा जोड,सनातन धर्म संस्कृतिको रक्षा,पूर्वाधार विकास, कृषिमा आत्मनिर्भरता, भ्रष्टाचार शुन्य अवस्थाको सिर्जना, स्थानीय अर्थतन्त्र र पूंजी निर्माण, अति विपन्न परिवारलाई बिजुली र पानीको महसुलमा ५० प्रतिशत छुट, 'आमा र नाबालकरबालिका' को भरणपोषण र जीवनवृत्तिका लागि संयुक्त अनुदान दिने विषयलाई प्राथमिकता दिएको छ।
सत्तारुढ दल गठबन्धन एमालेविरुद्ध मोर्चाबन्दी गरेर अगाडि बढ्ने तयारीमा छन् । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी छन्। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २५ चैत्र २०७८, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुने घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा नेपालको माग
राप्रपा नेपालले बोलायो कार्यसम्पादन समिति बैठक
राप्रपा नेपालले २६ चैतमा काठमाडौँमा जनप्रदर्शन गर्ने
आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज पनि बस्ने
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज