काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा काँग्रेस सभापतिको हैसियतमा मात्रै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा गएको स्पष्टीकरण दिएका छन्।
प्रधानमन्त्री देउवाले कूटनीतिक मर्यादा विपरित विजेपी पार्टीको मुख्यालयमा पुगेको चर्चा भइरहेका बेला मन्त्री खड्काले प्रधानमन्त्रीको हैसियतमा नभई पार्टी सभापतिको हैसियतमा उनले सो भ्रमण गरेको स्पष्टीकरण दिएका हुन्।
आइतबार साँझ प्रधानमन्त्री देउवा स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले दिल्लीमा दुई पार्टीबीचको सम्बन्ध बलियो बनाउन मुख्यालयमै गएर भेट गरेको र त्यसलाई कूटनीतिक मर्यादा विपरित भन्न नमिल्ने पनि बताए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २१ चैत्र २०७८, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन् : देउवा
शिक्षकका माग सम्बोधनमा काँग्रेस गम्भीर छ: देउवा
ओली, देउवा र प्रचण्ड एकैठाउँमा
देउवा, ओली र प्रचण्डबिच छलफलको तयारी
देउवाले बोलाए पदाधिकारी बैठक