अग्नि सापकोटाको जितमा र राणाको हारमा ‘ह्याट्रिक’

शनिबार, २३ मंसिर २०७४, ०७ : ५२
अग्नि सापकोटाको जितमा  र राणाको हारमा ‘ह्याट्रिक’


सिन्धुपाल्चोकका प्रतिनिधिसभाका दुवै क्षेत्रमा वाम गठबन्धन विजयी भएको छ।
क्षेत्र नं १ बाट नेकपा माओवादी केन्द्रका अग्नि सापकोटा र क्षेत्र नं २ बाट नेकपा एमालेका शेरबहादुर तामाङ विजयी भएका हुन्।  जितसँगै अग्नि सापकोटाले ह्याट्रिक गरेका छन्।

उनी यसअघि २०६४ र २०७० मा पनि सिन्धुपाल्चोकबाटै निर्वाचित भएका थिए । सापकोटाले बहालवाला सञ्चार मन्त्री मोहन बस्नेतलाई पराजित गरेका हुन्।

सापकोटाले ४० हजार ५ सय ४ मत ल्याउँदा बस्नेतले २९ हजार ७ सय ९८ मत मात्रै ल्याए। अर्कोतर्फ, राप्रपा प्रजातान्त्रिकका पशुपति शम्शेर राणाले तेश्रो पटक हार बेहोरेका छन्। उनी २०६४ मा तत्कालीन माओवादीका दावा लामासँग पराजित भएका थिए।

२०७० सालमा राणा शेरबहादुर तामाङसँग पराजित भएका थिए। अहिले फेरी राणा उनै शेरबहादुर तामाङसँग पराजित भएका हुन्।

नेकपा एमालेका शेरबहादुर तामाङले ३८ हजार ४ सय १ मत ल्याउँदा राणाको मत ३० हजार ३ सय ६९ मात्र आयो। सिन्धुपाल्चोकको प्रदेश सभाको मतगणना भने बाँकी छ।

प्रतिक्रिया दिनुहोस