काठमाडौं । चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो आठ महिना नेपालले साढे एक खर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुनसम्मको अवधिमा भारतबाट कूल एक खर्ब ६८ अर्ब ३३ करोड ३८ लाख २५ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपालले आयात गरेको हो ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा भारतबाट नेपालमा ८७ अर्ब ७१ करोड ४७ लाख ३७ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रिएको थियो ।
अघिल्लो वर्षको तुलनामा यस वर्षको सुरुवाती आठ महिनामा ८० अर्ब ६१ करोड ९० लाख ८८ हजार रुपैयाँ बढीको जिडेल, पेट्रोल र एलपीजी ग्यास नेपालले आयात गरेको छ । अघिल्लो वर्ष जति रकमको डिजेट, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रिएको थियो यस वर्षको सोही अवधिमा जिडेल मात्र उक्त रकम बराबरको नेपाल भित्रिएको देखिन्छ ।
चालु आर्थिक वर्षको सुरुवाती आठ महिनामा नेपालमा सबैभन्दा बढी डिजेल भित्रिएको छ । सो अवधिमा ८७ अर्ब ८३ करोड ५४ लाख ६२ हजार रुपैयाँ बराबरको डिजेट नेपाल भित्रिएको छ ।
सोही समयमा भारतबाट ४० अर्ब ६४ करोड १४ लाख ५८ हजार रुपैयाँको एलपीजी ग्यास नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । चालु आर्थिक वर्ष सुरु भएपछि फागुन मसान्तसम्म नेपालले भारतबाट ३९ अर्ब ८५ करोड ६९ लाख ०५ हजार रुपैयाँको पट्रोल खरिद गरी ल्याएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा जति रकमको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपालमा भित्रिएको थियो त्योभन्दा बढी रकमको डिजेल, पेट्रोल र एलपीजी ग्यास चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपाल भित्रिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ चैत्र २०७८, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोल र डिजेलको मूल्य बढ्यो
वीरगन्ज नाकाबाट घट्यो डिजेल आयात
बढ्यो डिजेल र मट्टितेलको मूल्य
पेट्रोलियम पदार्थको मूल्य घट्यो
आजदेखि पेट्रोल र डिजेलको नयाँ मूल्य कार्यान्वयनमा
आजदेखि बढ्यो डिजेल र पेट्रोलको मूल्य