काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन परिचालनका लागि सातै प्रदेशमा केन्द्रीय नेतालाई खटाएको छ ।
बिहीबार बसेको सचिवालय बैठकले स्थानीय तहको निर्वाचन अभियानका लागि सातवटा प्रदेशमा खटिने नेताको टुंगो लगाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमतीमा उपमहासचिव गंगालाल तुलाधार, गण्डकीमा उपाध्यक्ष जयन्ती राई खटिनेछन् ।
त्यस्तै लुम्बिनी प्रदेशमा उपमहासचिव विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल र सुदूरपश्चिममा स्थायी समिति सदस्य रामचन्द्र झा खटिनेछन् ।नेकपा एकीकृत समाजवादीले ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनका लागि ‘जनतामा जाऊ, एकीकृत समाजवादीलाई जिताऊ’ भन्ने नारासहित चुनावी अभियान गर्न लागेको छ । सो अभियानका लागि सातवटै प्रदेशमा पदाधिकारीसहितको टोली पठाउन लागेको हो । टोलीले सबै प्रदेश, पालिका र वडाको ‘रिपोर्टिङ’ लिने छ ।
पार्टीले उम्मेदवार चयन गर्ने मापदण्डबारे भने निर्णय हुन बाँकी रहेको खतिवडाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ चैत्र २०७८, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीले घनश्याम भुसालको नेतृत्वमा ‘आन्दोलनद्वारा पार्टी निर्माण’ गर्ने
सरकारले भ्रष्टाचार नियन्त्रण होइन भ्रष्टाचारीहरूलाई संरक्षण गरेको छ : एकीकृत समाजवादी
उथलपुथलको सम्भावना छ, विपक्षीहरू एक बनौँ : माधव नेपाल
एकीकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा
एकीकृत समाजवादीको कार्यविभाजन : यी हुन् सात प्रदेशका इन्चार्ज र सहइन्चार्ज
एकीकृत समाजवादीमा पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन