लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युत्रेन चाँडै उत्तर एटलान्टिक सन्धि संगठन नेटोमा सामेल नहुने बताएका छन् ।
‘युक्रेन चाँडै नेटोमा सामेल हुने कुनै उपाय छैन’, खाडी देशहरुको भ्रमणमा रहेका प्रधानमन्त्री जोनसनले भने । नेटोमा सामेल हुने वा नहुने भन्ने निर्णय युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गर्नुपर्ने उनले बताए ।
यसअघि राष्ट्रपति जेलेन्स्कीले युक्रेन नेटोको सदस्य नहुने कुरालाई मान्यता दिनु महत्त्वपूर्ण भएको बताएका थिए । उनले भनेका थिए, ‘हामीले धेरै वर्षदेखि खुला ढोकाबारे सुनेका छौं, तर हामीले ती ढोका प्रवेश गर्न सक्दैनौं भन्ने पनि सुनेका छौं ।’
प्रधानमन्त्री जोनसनले युक्रेनमा भएको रुसी सेनाको पाशविक हमला अन्त्य हुनुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०३ चैत्र २०७८, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलायती राजकुमारले गराए ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई शपथ
बेलायतमा रहेका कोइरालासँग तत्कालीन अनमिन प्रमुख मार्टीनको भेट
बेलायत जाँदै शेखर कोइराला
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
बेलायतको राष्ट्रिय कर्जा आगामी ५० वर्षमा तेब्बर हुने
बेलायतमा डान्स क्लासमा चक्कु प्रहार, २ बालिकाको मृत्यु, ९ घाइते