लागोस । बन्दुकधारीहरूको आक्रमणमा परी नाइजेरियामा थप १० जनाको मृत्यु भएको छ । बन्दुकधारीहरुले प्रहरी कार्यालय र देशको मध्य प्रदेशमा रहेको स्थानीय सरकारको कार्यालयमा आक्रमण गरेका थिए ।
नाइजरका प्रहरी प्रमुख बाला कुर्यासले तीन प्रहरी अधिकृतहरु पनि मारिएको पुष्टि गरेका हुन् । घटनामा परी स्थानीय प्रतिकार समूहका सदस्यहरु पनि मारिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
सरकारी अधिकारीहरुले घटनास्थलको यथार्थ विवरण आइनसकेको र विवरण सङ्कलन गर्ने कार्य भइरहेको जनाएका छन् ।नाइजेरियामा बन्दुकधारी, स्थानीय प्रतिकार समूह र सरकारी सुरक्षाकर्मीबीचमा बेला बेलामा हिंसात्मक घटना हुने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०२ चैत्र २०७८, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाढीका कारण नाइजेरियामा १७० जनाको मृत्यु
नाइजेरियामा बिद्यालय भवन भत्किँदा कम्तीमा २२ जना बालबालिकाको ज्यान गयो
नाइजेरियामा बम विस्फोट हुँदा १८ जनाको मृत्यु, ४८ घाइते
नाइजेरियामा भएको विस्फोटमा १८ जनाको मृत्यु
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ४० जनाको मृत्यु
नाइजेरियामा ३०७ जना अपहरणकारी समातिए