बाढीका कारण नाइजेरियामा १७० जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १२ भदौ २०८१, १२ : १९
बाढीका कारण नाइजेरियामा १७० जनाको मृत्यु

अबुजा । नाइजेरियामा बाढीका कारण कम्तीमा १७० जनाको मृत्यु भएको छ । हप्तौँदेखिको बाढीका कारण २ लाख जना भन्दा धेरै विस्थापित भएका छन् । हालैको बाढीका कारण झन्डै २ हजार मानिस घाइते भएका छन् । १ लाख हेक्टर खेतीयोग्य जमिन ध्वस्त भएको नाइजेरियाको विपद् व्यवस्थापन एजेन्सीको तथ्याङ्कले देखाएको छ ।

बाढीले उत्तरी नाइजेरियामा वितण्डा मच्चाएको राष्ट्रिय आपत्काल व्यवस्थापन प्राधिकरण (नेमा)का प्रवक्ता मान्जो इजेकेइलले मंगलबार भनेका छन् । मुसलधारे वर्षा र देशका दुई ठुलो नदी नाइजर र बेन्यूमा पानीको स्तर बढेकोले देशको अन्य क्षेत्र पनि जोखिममै भएको उनले बताएका छन् ।

आगामी दिनमा मध्य नाइजेरिमा पनि यस्तै खालको बाढी आउन सक्ने बताइएको छ ।यसअघि बाढीको चपेटामा दुर्लभै पर्ने गरेको स्थानमा समेत यो वर्ष बाढी देखिएको इजेकेइलले भनेका छन् । सन् २०२२ मा नाइजेरिमा बाढीका कारण ६०० जना भन्दा धेरैको ज्यान गएको थियो ।

औसतभन्दा बढीको वर्षात् र क्यामरुनमा लाग्दो बाँधमा अत्यधिक पानी भरिएकोले नाइजेरियामा बाढीको प्रकोप बढेको अधिकारीहरूले बताएका छन् ।