काठमाडौं । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको दक्षिणी भागमा लामो समयदेखि चलिरहेको राजनीतिक संकटपछि रिभर्स राज्यमा संकटकाल घोषणा गरेका छन् । संकटकाल घोषणासँगै रिभर्स राज्यका गभर्नर सिमिनालयी फुबारा र रिभर्स सभाको सबै निर्वाचित सदस्यहरू ६ महिनाको प्रारम्भिक अवधिको लागि निलम्बन भएका समाचार संस्था एएफपीले जनाएको छ ।
राजनीतिक गतिरोधको पक्ष लिँदै सन्दिग्ध सशस्त्र विद्रोहीले राज्यका केही तेल प्रतिष्ठानहरूमा आक्रमण गर्ने धम्की दिएका थिए । पछिल्लो दुई दिनमा केही तेल प्रतिष्ठानहरूमा नचिनेका व्यक्तिहरूले आक्रमण गरेको आरोप छ। नाइजेरियाका सुरक्षा निकायका प्रमुखहरूसँग भेट गरेपछि टिनुबुले तेल प्रतिष्ठानहरूमा भएका आक्रमणहरूका कारण पनि आपतकालीन अवस्था घोषणा गर्न बाध्य भएको बताए ।
राष्ट्रपतिले राज्य सरकारको जिम्मेवारी लिनको लागि प्रशासकको रूपमा सेवानिवृत्त सैन्य अधिकारी इबोकेट इबासलाई मनोनित गरेको खबरमा उल्लेख छ । बाध्यात्मक आपतकालीन घोषणाले रभर्स राज्यमा शान्तिव्यवस्था पुनस्र्थापित गर्न मद्दत गर्ने राष्ट्रपति टिनुबुको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ चैत्र २०८१, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मस्जिदमा भएको आक्रमणमा परी नाइजेरियामा ४४ जनाको मृत्यु
बाढीका कारण नाइजेरियामा १७० जनाको मृत्यु
नाइजेरियामा बिद्यालय भवन भत्किँदा कम्तीमा २२ जना बालबालिकाको ज्यान गयो
नाइजेरियामा बम विस्फोट हुँदा १८ जनाको मृत्यु, ४८ घाइते
नाइजेरियामा भएको विस्फोटमा १८ जनाको मृत्यु
नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ४० जनाको मृत्यु