नाउलीगाडमा झोलुङ्गे पुल निर्माण, १० गाउँ लाभान्वित हुने

सफल खबर संवाददाता

सोमबार, ३० फागुन २०७८, ११ : १२
नाउलीगाडमा झोलुङ्गे पुल निर्माण, १० गाउँ लाभान्वित हुने

काठमाडौं । बाजुराको गौमुल गाउँपालिका(२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । कादुरी एग्रिकल्चर एण्ड एशोसिएसन ब्रिटिश गोर्खाज नेपालद्वारा निर्माण भएको झोलुंगे पुलको उद्‍घाटन रक्षा सचिव किरणराज शर्माले गरे । 

बाजुराको मल्लोदुगुनको कुगुन्ना र बझाङ जिल्ला जोड्ने यो पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । ८६ लाख २२ हजार लागतमा निर्माण भएको पुलको लम्बाई ८२ मिटर लामो छ ।पुल नाउलीगाड खोला झोलुंगे पुल उपभोक्ता समितिमार्फत् निर्माण भएको हो । यसअघि काठे पुलमार्फत नदी तर्नुपर्ने बाध्यता थियो ।

पुल बन्दा १० गाउँका बासिन्दा लाभान्वित भएका छन् । ९० दिनभित्र पुल निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहे पनि वर्षा र हिमपातले गर्दा ९९ दिनमा निर्माण कार्य सम्पन्न भएको कादुरी इन्जिनियर ओहोदनारायण चौधरीले बताए ।
 

प्रतिक्रिया दिनुहोस