नेपाली टोली भारत प्रस्थान गर्दै

सफल खबर संवाददाता

आइतबार, २९ फागुन २०७८, ११ : २८
नेपाली टोली भारत प्रस्थान गर्दै

काठमाडौँ । भारतमा आयोजना हुने साफ यु- १८ महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टोली आज बिहान ११ः४० बजेको फ्लाइटमार्फत भारत प्रस्थान गर्ने जानकारी दिएको हो । च्याम्पियनसिपका लागि यु-१८ टिमका मुख्य प्रशिक्षक दर्शन भक्तराज लावतले बिहीबार नै २३ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेका छन् । 

नेपाल, आयोजक भारत र बंगलादेश सहभागी च्याम्पियनसिप जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ । यो खेल मार्च १५ मा हुनेछ ।दोस्रो खेलमा नेपालले १७ मार्चमा बंगलादेशको सामना गर्नेछ । उसले २१ मार्चमा भारतसँग तेस्रो तथा २३ मार्चमा बंगलादेशसँग चौथो तथा अन्तिम खेल खेल्नेछ । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली प्रतियोगिताको विजेता बन्नेछ । 

नेपाली टोलीः

प्रिती राई (कप्तान), सावित्री किसन, लीला जोशी, पूजा थापा, सबिना चौधरी, मञ्जुकुमारी खड्का, प्रतीक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यस्माली मगर, दीपा शाही, हिमा रावत, सरस्वती हमाल, सुनकला राई, अञ्जली मचामसी, सारा बज्रचार्य, जेनिफर राना, सरिस्मा थापा, सदिपा बोलन, कुशुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई र गरिमा राई  

प्रतिक्रिया दिनुहोस