काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर नुवाकोटको सिसडोलमा बिसर्जन गर्न जारी रहेको अवरोध आज पनि कायमै रहेको छ । पछिल्लो मन्त्रिपरिषद् बैठकले नुवाकोटमा पर्ने सिसडोल र धादिङसँग सीमा जोडिएको क्षेत्र बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापनको क्रममा उत्पन्न हुने प्रभाव न्यूनीकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेपनि आफूहरुको माग सम्बोधन नभएको भन्दै फोहोर बिर्सजन कार्यमा जारी अवरोध कायमै रहेको सरोकार समितिले जनाएको छ ।
यही फागुन २३ गतेदेखि सुरु भएको स्थानीयवासीको विरोधको कारण आज पनि काठमाडौँबाट फोहोर आउन नदिएको ‘बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्र सरोकार समिति’का संयोजक श्रीराम ढुङ्गानाले जानकारी दिए । उनका अनुसार स्थानीयासीले राखेको माग प्रभावित क्षेत्रको गुठीको जग्गा कानुनी प्रक्रियाअनुसार रैकर गर्नुपर्ने, प्रभावित क्षेत्रको उच्च प्रभावित बनेका वस्ती स्थानान्तरण गर्नुपर्ने, फोहोर बिसर्जन गर्न जाने सडकको स्तरोन्नति हुनुपर्ने र फोहोर बिसर्जन वैज्ञानिक रुपमा गर्नुपर्ने रहेको छ ।
“सरकारले प्रभावित क्षेत्रमा देखिएका समस्या समाधानका लागी उच्चस्तरीय समिति र ‘¥यापिड एक्सन टास्क फोर्स’ गठन गर्ने निर्णय गरे पनि त्यसमा हामीहरुको जायज मागको सम्बोधन भएको छैन”, संयोजक ढुङ्गानाले भने, “नयाँ माग र समस्या केही होइन, यसअघि भएको सहमतिको पालना गर्न सरकारीस्तरबाट स्पष्ट निर्णय नआएसम्म विरोध कायम रहन्छ ।”
प्रभावित क्षेत्रका बासिन्दाले नुवाकोट र धादिङमा पर्ने विभिन्न गाउँ (यसअघिका विभिन्न अध्ययन प्रतिवेदनले मानव बसोबासको लागि जोखिम भनेको स्थान) का बस्ती स्थानन्तरण र उक्त क्षेत्रको करिब तीन हजार रोपनी जग्गा अधिग्रहण हुनुपर्ने माग मुख्यरुपमा उठाएका छन् । उक्त माग सम्बोधनको लागी त्यसक्षेत्रको जग्गा पशुपति, कालमोचन भैरवलगायतका गुठीको नाममा भएकाले कानुनअनुसार रैकर हुनुपर्ने भन्दै सरोकार समितिको नेतृत्वमा गत २३ गतेदेखि उपत्यकाको फोहोर बिसर्जनमा अवरोध गर्न थालिएको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, २८ फागुन २०७८, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौंको प्लेअफ लडाइँ : अन्तिम खेलमा आज विराटनगरसँग भिड्दै
विश्वकै प्रदूषित सहरको शीर्ष १० मा काठमाडौँ
विश्वकै छैटौँ प्रदूषित सहर बन्यो काठमाडौँ
५ लाख मान्छेले छाडे काठमाडौँ
काठमाडौं उपत्यकाका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन
वर्षा र बाढीबाट काठमाडौँ उपत्यकामा मात्रै २१ जनाको मृत्यु