पोखराबाट स्याङ्जातर्फ जाँदै गरेको जीप दुर्घटना

सफल खबर संवाददाता

बुधबार, २५ फागुन २०७८, २० : १४
पोखराबाट स्याङ्जातर्फ जाँदै गरेको जीप दुर्घटना

काठमाडौं । पोखराबाट स्याङ्जातर्फ जाँदै गरेको जीप तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

बुधबार साँझ शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ स्थित स्याउलीबजारमा ग १ ज ६५४४ नम्बरको जिप अनियन्त्रित भइ सडकको बाया तर्फ नालीमा पल्टिँदा ६ जना घाइते भएका हुन् ।

 घाइतेमा व्यास नगरपालिका वडा नम्बर १ का पदम थापा, स्यांजाको चापाकोटका इन्द्र कुमारी राना, दान बहादुर राना, शेषबहादुर राना  र क्याम बहादुर राना रहेको  प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । 

घाइते मध्ये २ जनाको जीपी कोईराला स्वास प्रश्वास केन्द्र बेलचौतारार अन्य ३ जनाको पश्चिमा क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको उनले बताए ।