काठमाडौ । मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ।
मर्मत सम्भारका लागि आजदेखि आगामी कात्तिक १ गतेसम्म बन्द गरिने भएको हो।
मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।
उनका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ। यसअघि विजया दशमीको दिन असोज २६ गते र एकादशीको दिन २७ गते दुई दिन पनि केबलकार बन्द थियो। आज एक दिन भने केबलकार सञ्चालन गरिएको छ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ असोज २०८१, ०९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मनकामना केबलकार सेवा दुई दिन बन्द हुने
मनकामना केबलकार २७ औं वर्षमा प्रवेश
मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने
मनकामना केबलकार स्तरोन्नति गर्न अस्ट्रियाबाट आए प्राविधिक
मनकामना केबलकार शुक्रबार बन्द हुने, आकस्मिक मर्मतसम्भार हुँदै
आज मनकामना केबलकार बन्द