चितवनको टिकौलीमा मोटरसाइकल र स्कुटर ठोक्किदा एक जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २१ असोज २०८१, १२ : ३५
चितवनको टिकौलीमा मोटरसाइकल र स्कुटर ठोक्किदा एक जनाको मृत्यु

चितवन। पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा तीनवटा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन् ।

आज बिहान सवा ९ बजे रत्ननगर नगरपालिका टिकौलीमा ना४३प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा बा.प्र.०३-००३प ८६६ नम्बरको स्कुटर र ग१२प ७१७२ नम्बरको मोटरसाइकल ठोक्किदा दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक स्याङजा आँधीखोला गाउँपालिका बस्ने २३ वर्षका रोहन पौडेलको उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते चार जनाको नयाँ मेडिकल कलेजमा र एक जनाको बकुलहर अस्पतालमा उपचार भैरहेको चितवन जिल्लाका प्रहरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस