सुर्खेतमा मिनी बस दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

सफल खबर संवाददाता

शुक्रबार, २५ असोज २०८१, १४ : २४
सुर्खेतमा मिनी बस दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

सुर्खेत । दैलेखदेखि सुर्खेत जाँदै गरेकाे मिनी बस शुक्रबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  क.प.०२००९ख०८५२ नम्बरको मिनी बस सुर्खेतको रिठा भन्ने स्थानमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले दिएको जानकारीअनुसार बसमा तीन जना सवार रहेका थिए । घाइते तीनै जनालाई उद्धार गरी उपचारका लागि  कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत पठाइएको थियो । घाइते मध्ये  दैलेख दुल्लु नगरपालिका १३ बस्ने वर्ष २२ का महेन्द्र शाहीको उपचारको क्रममा मृत्यु भएको दाहालले बताए ।

दुर्घटनामा घाइते भएका दैलेख निवासी चालक २४ वर्षीय वीरेन्द्र बहादुर शाही र १९ वर्षीय सबिन शाहीको उपचार भइरहेको छ ।