काठमाडौं । नाबालिका किशोरी बलात्कारको आरोपमा नायक पल शाहलाई अहिले वयानका लागि नवलपरासी पूर्वको सरकारी वकिलको कार्यालयमा लगिएको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय, तनहुँबाट नवलपरासी पूर्व लगिएका शाहलाई बुधबार विहान १० बजेपछि जिल्ला अदालतमा लगेर म्याद थप्दै वयानका लागि कावासोतीस्थित सरकारी वकिलको कार्यालयमा लगिएको हो ।
सुन्तला रङको टिसर्ट र चेकसर्ट लगाएका पललाई प्रहरीले हतकडी लगाएर सरकारी वकिलको कार्यालयमा लगेको हो । उनले कालो रङको क्यापटोपी र मास्कसमेत लगाएका छन् ।
जिल्ला अदालत तनहुँले प्रहरी अनुसन्धानका लागि सुरुमा ७ दिन र पछि १२ दिनको म्याद प्रहरीलाई उपलब्ध गराएको छ । गत फागनु १६ गते किशोरीले इलाका प्रहरी कार्यालय, गैंडाकोटमा शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।
गीत सुटिङको क्रममा २०७६ चैत ७ गते गैंडाकोटको एक रिसोर्टमा राखेर शाहले आफूलाई बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ फागुन २०७८, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पल शाह र प्रताप दाससंँगै झुम्यो दुवई
‘रावायण’को दोस्रो पोस्टरमा यस्तो देखिए पल शाह र पूजा शर्मा
पल शाह स्टारर फिल्म ‘रावायण’को फर्स्टलुक सार्बजनिक
पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ : पल शाह
पल शाहविरुद्धको मुद्दा सर्वोच्च अदालतले दोहोर्याएर हेर्ने