सुनको मुल्यमा गिरावट, कति पुग्यो तोलाको ?

सफल खबर संवाददाता

विहीबार, १९ फागुन २०७८, ११ : ०६
सुनको मुल्यमा गिरावट, कति पुग्यो तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले गिरावट आएर ९९ हजार रुपैयाँ कायम भएको छ। बुधबार छापावाला सुन तोलामा ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

तेजावी सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ३८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस