काठमाडौँ । विगत १० वर्षमा ३ खर्ब ९५ अर्ब ९२ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता (एफडीआई) आएको छ । उद्योगका विभागका अनुसार आर्थिक वर्ष ०७१/०७२ देखि गत आर्थिक वर्षसम्म उक्त रकम बराबरको लगानी प्रतिबद्धता आएको हो ।
तर प्रतिबद्धताको ३७.८९ प्रतिशत मात्रै एफडीआइ भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । आर्थिक वर्ष ०७१/०७२ देखि गत आर्थिक वर्षसम्म १ खर्ब २६ अर्ब २९ करोड रुपैयाँ मात्रै लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।
गत आर्थिक वर्ष पनि प्रतिबद्धताको १३.५७ प्रतिशत मात्रै लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्ष ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएकामा खुद ८ अर्ब ४० करोड ७ लाख रुपैयाँ मात्रै लगानी भित्रिएको छ ।
विदेशी लगानी प्रतिबद्धता बढे पनि भित्रने रकम न्यून रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले नै देखाउँछ । प्रतिबद्धता आएको सबै विदेशी लगानी सोही अवधिमा आउँछ वा आउनुपर्छ भन्ने नीतिगत व्यवस्था नरहेको सरोकारवाला बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ असोज २०८१, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले आज पनि बजारबाट ४० अर्ब झिक्दै
राष्ट्र बैंकले बजारबाट ३० अर्ब झिक्दै
राष्ट्र बैंकले ३५ अर्ब तरलता खिच्दै
४० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
तरलता धेरै भएपछि ३० अर्ब खिच्दै राष्ट्र बैंक
एकलाई निलम्बनसहित १५ वित्तीय संस्थाका सिइओ कारवाहीमा