यू-१९ महिला टी-२० विश्वकपको तयारीका लागि १८ खेलाडी बोलाइए

सफल खबर संवाददाता

सोमबार, २८ असोज २०८१, १२ : ३६
यू-१९ महिला टी-२० विश्वकपको तयारीका लागि १८ खेलाडी बोलाइए

काठमाडौँ । यू-१९ वुमन्स टी-२० वर्ल्ड कप एशिया क्वालिफायरको तयारीका लागि १८ क्रिकेट खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को कार्यक्रम अनुसार नोभेम्बर २०२४ मा सञ्चालन हुने आईसीसी यू-१९ वुमन्स टी-२० वर्ल्ड कप एशिया क्वालिफाइयर प्रतियोगिताका लागि यू-१९ राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षणका लागि १८ खेलाडी छनौट गरिएको छ। 

बन्द प्रशिक्षण ३० असोज २०८१ देखि भैरहवामा हुने नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस