चितवन । केही समयअघि मुलुकमा भएको बाढी र डुवानबाट चितवनको माडी क्षेत्रमा धानबाली, माछापालन, सडक, कल्भर्ट र नहरका बाँधमा ठूलो नोक्सानी भएको छ।
स्थानीय घाँघर खोलामा आएको बाढी पसेर सयौं बिघामा पाक्न लागेका धानबाली नष्ट गरेको छ भने कल्भर्ट र नहरका बाँध भत्किएर गाँउबस्ती डुवान मात्र नभई आवत–जावत गर्ने सडकमा पनि क्षति पु¥याएको छ।
माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो भन्छन्, ‘मानवीय क्षति नभएपनि बाढीले धानबाली र माछापालनमा ठूलो क्षति पु¥याएको छ, कुलो र नहरका बाँध तथा कल्भर्ट भत्किएका छन्।’
खोलामा निर्माण गरिएको बाँध भत्किएर हजारौं विघाका जमिनमा पोखरी खनेर पालिएका माछा बगाएको र काट्ने बेलाको धानबालीमा बाढी पसेर नष्ट बनाएको उनको भनाइ छ।
नगरप्रमुख महतोले बाढी र डुवानबाट धानबाली, माछापालन, तटबन्ध, सडक र कल्भर्टमा ठूलो क्षति भएको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ असोज २०८१, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँ र म्याग्दीमा भित्र्याउने बेलाको धानबालीमा वर्षाले क्षति
बेमौसमी वर्षाले पाकेको धानबालीमा क्षति
कैलालीका किसान धानबाली भित्र्याउन व्यस्त
राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति