जम्मू कश्मीरबाट राष्ट्रपति शासन हटाइयो

सफल खबर संवाददाता

सोमबार, २८ असोज २०८१, १२ : ३२
जम्मू कश्मीरबाट राष्ट्रपति शासन हटाइयो

कश्मीर । जम्मू कश्मीरमा नयाँ सरकार गठन हुनुअघि राष्ट्रपति शासन हटाउने आदेश जारी गरिएको छ। 

राष्ट्रपति द्रौपदी मुर्मुले नयाँ मुख्यमन्त्रीको शपथ लिनुअघि नै आइतबार राति राष्ट्रपति शासन अन्त्य गर्ने आदेश जारी गरेको गृह मन्त्रालयले जनाएको हो। जम्मू कश्मीरमा अन्तिम विधान सभा चुनाव १० वर्षअघि सन् २०१४ मा भएको थियो। चुनावपछि बीजेपी-पीडीपीले गठबन्धन सरकार बनायो। 

तर २०१८ मा, भाजपाले समर्थन फिर्ता लिएपछि सरकार ढल्यो र महबूबा मुफ्तीले सीएमको पदबाट राजीनामा दिइन् । त्यसयता जम्मू कश्मीरमा राष्ट्रपति शासन लागू भएको थियो ।

अब नेशनल कन्फ्रेन्सका उपाध्यक्ष ओमर अब्दुल्लाले आज मुख्यमन्त्रीको शपथ लिन सक्ने छन् । विधान सभा चुनावमा पार्टीले ४२ सिट जितेको थियो भने सहयोगी काँग्रेसले ६ सिट र माकपाले एक सिट जितेको थियो । 

प्रतिक्रिया दिनुहोस