नवलपुरमा बस दुर्घटना १४ जना घाईते

सफल खबर संवाददाता

बुधबार, १८ फागुन २०७८, ११ : ४४
नवलपुरमा बस दुर्घटना १४ जना घाईते

नवलपुर । नवलपुरको देवचुली नगरपालिका–१४ मा आज बिहान भएको बस दुर्घटनमा परेर १४ जना घाईते भएका छन् ।

घाईतेमध्ये ७ जनालाई भरतपुर पठाईएको छ भने ७ जनाको दुम्कौली अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्ष दिलिप कुमार गिरीले जानकारी दिए ।

नारायणगढ देखि बुटवलका लागि छुटेको ना ७ ख ६८८१ न। बस आफै अनियन्त्रित भएर दुर्घटनामा परेको गिरीले बताए ।