रेडपान्डाकाे छालासहित तीन जनालाई प्रहरीले पक्राउ

सफल खबर संवाददाता

शनिबार, १४ फागुन २०७८, १५ : ४९
रेडपान्डाकाे छालासहित तीन जनालाई प्रहरीले पक्राउ

 काठमाडौं । दाङमा प्रतिबन्धित वन्यजन्तु रेडपान्डाकाे छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरीले राप्ती गाउँपालिका-१ स्थित भालुवाङ-प्यूठान सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रतिबन्धित दुर्लभ वन्यजन्तु रेडपाण्डाको पाँच थान छालासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोल्पाकाे सुनिल स्मृति गाउँपालिका-७ बस्ने वर्ष ३२ का रामबहादुर थापा, लुङग्री गाउँपालिका-३ बस्ने वर्ष २० को रुपक खड्का र सुनछहरी गाउँपालिका-७ बस्ने वर्ष १९ को रामकुमार पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

शक्रबार बेलुकी पक्राउ परेका उनीहरुले रेडपान्डाो छाला हिमाली क्षेत्रबाट ल्याई अन्यत्र बिक्रीका लागि लैजाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।उनीहरुलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा बुझाउने तयारी भएको प्रहरीले जनाएको छ ।