बाङ्लादेशमा डेङ्गु संक्रमण उच्च, दुई हप्तामा ४७ को मृत्यु

सफल खबर संवाददाता

आइतबार, २७ असोज २०८१, १४ : ५३
बाङ्लादेशमा डेङ्गु संक्रमण उच्च, दुई हप्तामा ४७ को मृत्यु

ढाका । बाङ्लादेशमा डेङ्गु सङ्क्रमयाबाट थप नौ जनाको मृत्यु भएको शनिबार रिपोर्ट गरिएको छ । जुन यस वर्षको सबैभन्दा उच्च दैनिक मृत्युदर हो ।

जनवरीदेखि हाल सम्म डेङ्गु सङ्क्रमणबाट मृत्युको सङ्ख्या २१० पुगेको जनाइएको छ ।

सेप्टेम्बरमा ८० जनाको मृत्यु भएको तथा चालु महिनामा हालसम्म ४७ जनाको मृत्यु भइसकेको बाङ्लादेशको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले जनाएको छ ।

डिजिएचएसका अनुसार गत २४ घण्टामा डेङ्गुको ९१५ वटा नयाँ संक्रमण पुष्टि भएको छ भने यस महिनाको कुल सङ्क्रमण सख्या दश हजार ८७२ पुगेको छ 

प्रतिक्रिया दिनुहोस