लमजुङमा जिप दुर्घटना हुँदा २२ जना घाइते

सफल खबर संवाददाता

आइतबार, २७ असोज २०८१, १८ : २९
लमजुङमा जिप दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौं । लमजुङको सारिङबाट सदरमुकाम बेंशीसहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना भएकाे छ । दुर्घटनामा परि चालकसहित २२ जना घाइते भएका छन् भने घाइतेहरुमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाे छ ।

गम्भीर घाइते भएका पाँच जनालाई चितवनको भरतपुर रेफर गरिएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साहले  जानकारी दिनुभएकाे हाे । यस्तै, अन्य घाइतेकाे जिल्ला सदरमुकाममै उपचार भइरहेको उहाँले बताउनुभयाे ।

ग १ ज ८५५१ नम्बरको जिप आज बिहान ११ः२० मा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस