काठमाडौं । सात महिनाअघि मात्र विभाजित जनता समाजवादी पार्टी (जसपा) फेरि फुटको संघारमा पुगेको छ।
यद्यपि पार्टीभित्रको विवाद टुंग्याउन र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे संस्थागत धारणा बनाउन शुक्रबारदेखि जसपा कार्यकारिणी समितिको बैठक सुरु भएको छ। पहिलो दिनको बैठकमा विषयमात्र प्रवेश भएको र एमसिसीलगायत विभिन्न विषयमा शनिबार औपचारिक छलफल सुरु हुने कार्यकारिणी समितिका सदस्य मनीष सुमनले बताए।
एमसिसीबारे जसपाका नेताहरू दुर्ई कित्तामा बाँडिएका छन्। सुमनका अनुसार शुक्रबारको बैठकमा १२ वटा अजेन्डा राखिएका छन्। ती अजेन्डामा स्थानीय निर्वाचन, समसामयिक राजनीति, संगठन विस्तार, एमसिसी, विधान अधिवेशन, पद बाँडफाँट र कार्यविभाजन, कार्यकारिणी समितिलाई पूर्णता दिनेलगायत छन्। एमसिसी सम्झौता प्रतिनिधिसभामा टेबुल भएसँगै त्यसमा पार्टी धारणा बनाउन सदस्यहरूलाई सम्झौतापत्र बाँडिएको छ।
दुई कित्तामा बाँडिएका नेताहरूबीच शुक्रबारको बैठकको प्रारम्भमै चर्काचर्की भएको थियो। यद्यपि नेताहरूको त्यस्तो चर्काचर्की अजेन्डामा नभई बैठक व्यवस्थापनको विषयलाई लिएर भएको बताइएको छ। पार्टीभित्र आफ्नो बहुमत देखाउन संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई पक्षले कार्यकारिणी तथा केन्द्रीय सदस्यहरूको हस्ताक्षर संकलन अभियान सुरु गरेको छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १४ फागुन २०७८, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न सकिँदैन: जसपा
भैरहवामा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम
यस्ता छन् जसपा नेपालको केन्द्रीय समिति बैठकका एजेन्डा
वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु
जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान
जसपा नेपालका केन्द्रीय विभागहरूले पाए नेतृत्व