महोत्तरी । गौशालामा हत्या गरिएको महिलालाई निजकै श्रीमानले हत्या गरेको प्रहरीको अनुसन्धानले खुलासा भएको छ।
गत मंगलबार रातिको समयमा दुई नाबालकलाई अलपत्र छाडेर मृत अवस्थामा भेटिएकी भारत सितामढी जिल्ला भैरवकोठी बस्ने राधा भनिने अफसना खातुनलाई उनकै श्रीमानले हत्या गरी फालिएको तथ्य महोत्तरी प्रहरीले पता लगाएको छ।
मृतकका श्रीमान भारत सितामढी घर भई सर्लाहीको मलंगवामा डेरा लिई बस्दै आएका ३७ वर्षीय अजय महतो कोइरीलाई गत फागुन ६ गते नेपाल भारत(सीमा नजिकबाट नियन्त्रणमा लिएको थियो। प्रहरीले अजयलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा आफूले योजना अन्सार बच्चालाई अलपत्र छाडि श्रीमतीको हत्या गरिएको स्वीकार गरेका छन्।
यसरी बनेको थियो हत्या योजना
मृतक महिलाका श्रीमान अजय महतोले गत फागुन ३ गतेका दिन मृतक महिलालाई मेला हेर्न जाने भनि निजको श्रीमान अजय महत्तो कोइरी र हालः फरार रहेका अर्का व्यक्ति समेतले विश्वास दिलाइ सर्लाहीको ईश्वरपुर १३ स्थित श्रीनगर आएका थिए।
प्रहरीले दिएको जानकारी अनुसार उनीहरु मृतक महिलाका दुई नाबालक छोराहरुलाई साथमा लिएर १६ सय रुपैँयामा टेम्पो रिजर्भ गरी मेला हेर्नका लागि आएका थिए। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०९ फागुन २०७८, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रड प्रहार गरी छिमेकीको हत्या गर्ने एक युवक पक्राउ
बन्चरो प्रहार गरेर आफ्नै श्रीमतीको हत्या
धारिलो हतियार प्रहारबाट एक जनाको हत्या
जग्गा विवाद : चक्कुले हानेर भाइको हत्या
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या