काठमाडौं । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संशोधन र परिमार्जनविना यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन गर्न नसकिने बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले गठबन्धनभित्र छलफल नगरी कांग्रेसको एकल निर्णयमा एमसीसी अनुमोदन प्रस्ताव पेस नहुने बताएका हुन् ।
प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा विरोध गरिरहेका बेला सरकारले पेस गर्ने प्रस्तावसहितका विषयमा गठबन्धनभित्र छलफल गर्नुपर्ने उनको भनाइ छ । कांग्रेसले गठबन्धनभित्र छलफल नगरी एमसीसी अनुमोदन प्रस्ताव पेस गर्ने निर्णय गरेको भन्दै उनले तर, यसलाई रोकिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ फागुन २०७८, १४ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनयुद्धसम्वन्धी सर्वोच्चको व्याख्या संविधानको स्पिरिटअनुसार छैन : देव गुरुङ
टीआरसीमा भएको सहमति उल्टिने काम नहोस् : महासचिव गुरुङ
मध्यरात कांग्रेस–एमालेबीच भएको सम्झौता पश्चगामी : देव गुरुङ
समाजवादी मोर्चालाई पार्टी एकतामा रुपान्तरण गर्ने गृहकार्य भइरहेको छ : देव गुरुङ