काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसीको विषय झन् पेचिलो बन्दै गएको छ । पाँच दलीय सत्ता गठबन्धनभित्र एमसीसी परियोजना संसद्मा पेस गर्ने विषयमा सहमति नजुट्दा गठबन्धनको भविष्यसमेत संकटउन्मुख छ।
प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी परियोजनालाई जसरी पनि संसदबाट अघि बढाउने पक्षमा छन् । तर, सत्ता गठबन्धनभित्रकै मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने सो विषयमा असहमति राख्दै आइरहेका छन् ।
प्रधानमन्त्री देउवाले शनिबार दाहाल र नेपाल दुवै नेतालाई आफ्नो सरकारी निवास बालुवाटार बोलाएर एमसीसी अघि बढाउन सहयोग मागेका थिए।
तर, माओवादी अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालले एमसीसी अघि बढाए गठबन्धन र स्थानीय तह निर्वाचनमा असर गर्ने भन्दै निर्वाचनपछि साझा सहमतिबाट अघि बढाउने गरी अघि बढ्न देउवालाई आग्रह गरे।
'प्रधानमन्त्रीले एमसीसी जसरी पनि अघि बढ्छ, सहयोग गर्नुस् भनेर दाहाल र नेपाललाई आग्रह गर्नुभयो तर उहाँहरू दुवैले यथास्थितिमा सहयोग गर्न नसकिने जवाफ दिनुभयो, उहाँहरूको प्रस्ताव स्थानीय तह निर्वाचनपछि एमसीसीमा साझा धारणासहित अघि बढौं भन्नेछ,' प्रधानमन्त्रीनिकट नेपाली कांग्रेसका एक नेताले भने ।
दाहाल र नेपालको सो आग्रहपछि प्रधानमन्त्री देउवाले भने एमसीसीलाई संसद्मा टेबुल गर्न दिन भनेका थिए। सो क्रममा उनले संसद्मा एमसीसी पेस भइसकेपछिको बाँकी प्रक्रियामा आफ्नो निर्णय लिन दाहाल र नेपाललाई आग्रह गरेका छन् ।
तर, नेकपा एसका अध्यक्ष नेपालले जबरजस्ती एमसीसी संसदमा टेबुल गर्न खोजे घोषित स्थानीय तहको निर्वाचनको वातावरण बिथोलिन सक्ने चेतावनी प्रधानमन्त्रीलाई दिएका छन् । राजधानी दैनिकमा खबर छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०१ फागुन २०७८, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजा महाराजाको कुनै काम छैन : माधव नेपाल
राजतन्त्रको औचित्य छैन: माधव नेपाल
यो कास्टिङ मात्र हो, प्रतिगामीहरू होसियार : माधव नेपाल
भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो : माधव नेपाल
ओली सरकार साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोज्दैछ : माधव नेपाल
केपी ओली मुलुक सञ्चालनमा गम्भीर हुनुहुन्न : माधव नेपाल