काठमाडौं । १९ मंसिरको एकाबिहानै जुन खबर सञ्चार माध्यममा आयो, त्यो खबर राष्ट्रिय प्रजातन्त्र पार्टीमा निरन्तर नेतृत्वमा रहेका कमल थापाको पक्षमा थिएन । उनी आफैंले महामन्त्री बनाएका राजेन्द्र लिङ्देनसँग १९९ मत अन्तरले पराजित भएका थिए । महाधिवेशनबाट पराजित थापाले हारलाई सहज रूपमा लिएनन् ।
उनले अध्यक्षमा विजयी लिङ्देनलाई सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई त दिए, साथै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोपसमेत लगाए । उनले त्यसबेला सामाजिक सञ्जालमा लेखेका थिए, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेन्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’
त्यसयता थापाले महाधिवेशनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेप भएको भन्दै छानबिन हुनुपर्ने माग निरन्तर रूपमा उठाइरहेका छन् । यसका अलावा उनले सैद्धान्तिक, व्यावहारिक र संगठनात्मक गरी तीन विषय उठान गरिरहेका छन् ।
त्यस’ पार्टी नेतृत्वले छलफल गरेर निराकरण गर्नुपर्ने उनको माग छ । उनले यो विषयमा २७ मंसिरमा पहिलोपटक र १६ माघमा दोस्रोपटक अध्यक्ष लिङ्देनलाई पत्र पठाएर आफ्नो माग’ ध्यानाकर्षण गराएका थिए । तीन दिनअघि थापा र लिङ्देनबीच भेटवार्ता पनि भयो । तर, सो भेटवार्ताले पनि थापा खुसी हुन सकेनन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २५ माघ २०७८, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजादेखि माओवादीसम्म सबै अटाउने व्यवस्था उपयुक्त : कमल थापा
पहिरोमा मृत्यु भएका ६ खेलाडीको घटनालाई लिएर छानबिन आयोग गठन गर्नुपर्छ : कमल थापा
'अदालतमा मुद्दा चलिरहेको व्यक्तिसँग दान लिनु भ्रष्टाचार हो' : कमल थापा
हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डाको मूल संवाहक राप्रपा नेपाल : कमल थापा
प्रधानमन्त्री ओलीद्वारा कमल थापा लिखित पुस्तक लोकार्पण
कमल थापाको किताब आउँदै