स्थानीय तह निर्वाचनको घोषणा अबको क्याबिनेट बैठकबाट हुने

सफल खबर संवाददाता

आइतबार, २३ माघ २०७८, २० : ४०
स्थानीय तह निर्वाचनको घोषणा अबको क्याबिनेट बैठकबाट हुने

काठमाडौं ।  सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा अब बस्ने मन्त्रिपरिषद् बैठकबाट गर्ने भएको छ । निर्वाचन आयोगले जेठ ४ गतेका लागि चुनावको मिति प्रस्ताव गरेको सन्दर्भमा सरकारले मिति घोषणा गर्न लागेको हो । सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्नेछ । 

आइतबार बसेको तीन दलको बैठकमा एमालेले स्थानीय निर्वाचन समयमै गर्न आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले क्याबिनेटले मिति घोषणा गर्ने बताएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । चुनावको सन्दर्भमा यसअघि नै गठबन्धनमा पनि सहमति भइसकेको छ ।

उनले स्थानीय तहको निर्वाचन समयमै गर्नुपर्छ भनेका छनौँ , क्याबिनेटबाठ निर्णय गर्ने बताउनुभएको छ । त्उसलाई सकारात्मक रुमा लिएका छनौँ । भ्याक्सिन हराएकोमा सरकार गम्भीर नभएको भन्दै हामीले आपत्ति जनाएका छौँ । संवादलाई सकारात्मक लिएका छौँ । प्रमले निरन्तरता दिने भएका छन् । एमसीसीबारे चासो प्रस्तुत गरेका छौँ ।

जनताको बीचमा एउटार  परराष्ट तहमा अर्को कुरा राख्नु उपयुक्त होन भनेर ध्यानाकर्षण गराएका छौँ । हामी पक्षमा रहेको भन्नुभएको छैन । प्रचण्डले पत्र लेखेको छैन भनेर भन्न खोज्नु भएको छ।  सत्तँपक्ष दृष्टिकोष्ण सार्वजनक नगरेसम्म एमाले हतारिँदैन 

प्रतिक्रिया दिनुहोस