स्थानीय तहको निर्वाचन मिति तोक्न माग गर्दै अनेरास्ववियुले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

सफल खबर संवाददाता

विहीबार, २० माघ २०७८, १२ : २८
स्थानीय तहको निर्वाचन मिति तोक्न माग गर्दै अनेरास्ववियुले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ । 

कान्तिपथस्थित निर्वाचन कार्यालयबाट अध्यक्ष सुनीता बराल नेतृत्वको टोली मार्चपाससहित बालुवाटार पुगेर स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारको ध्यानाकर्षण गराएको हो । 

निर्वाचनको मिति तोक्न आयोगले सरकारलाई आग्रह गरेको पत्रसहित पुगेका अनेरास्ववियुको टोलीले प्रधानमन्त्री कार्यलय कन्ट्रोलका उपसचिव जनकराज भट्टलाई पत्रमार्फत स्थानीय तहको निर्वाचनको मिति तोक्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।  
 

प्रतिक्रिया दिनुहोस