काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतत्त विद्यार्थी सङ्गठन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन उद्घाटन गरेका छन् ।
नयाँ नेतृत्व चयनसहित शैक्षिक मुद्दामा केन्द्रित रहेर चारदिनसम्म राष्ट्रिय सम्मेलन सञ्चालन हुने बताइएको छ । सम्मेलनमा २ हजार ३ सय २३ प्रतिनिधि सहभागी छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्ने छ ।
सम्मेलनको बन्दसत्र भोलि (शुक्रबार) विहान ८ बजेदेखि सुरु हुनेछ। बन्दसत्रमा विधान तथा प्रतिवेदन पेस हुनेछ। त्यसपछि समूह विभाजन गरी छलफलका लागि बन्दसत्र खुला गरिनेछ।
असोज १२ गते विधान प्रतिवेदनबारे समूहगत छलफल, निष्कर्ष तथा रिपोर्टिङ गरिनेछ। सोही दिन प्रतिनिधिहरूको नामावली निर्वाचन समितिले सार्वजनिक गर्नेछ। असोज १३ गते बिहान ८ बजेदेखि नयाँ नेतृत्व चयनका लागि मतदान हुने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० असोज २०८१, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली, देउवा र प्रचण्ड एकैठाउँमा
राष्ट्रपति भेट्न शितल निवास पुगे प्रचण्ड
बेलायती लेखकलाई देखाउँदै प्रचण्डसँग ओलीको ‘बार्गेनिङ’
माओवादीहरूमात्रै होइन, समाजवादी मोर्चालाई एउटै केन्द्रमा ल्याउने मेरो कोसिस छ : प्रचण्ड
भ्रष्टाचारमा लिप्त मान्छेलाई ऊर्जामन्त्री बनाइएको छ: प्रचण्ड
२०८४ सम्म जनताकै साथमा रहन्छु, प्रधानमन्त्री बन्दिनँ : प्रचण्ड