काठमाडौँ । नेकपा एमालेनिकट अनेरास्ववियुको २४ औँ महाधिवेशन कम्तिमा एक महिना धकेलिने भएको छ । चैत मसान्तभित्र महाधिवेशन आयोजना गर्ने यसअघिको बैठकको निर्णय अबको स्थायी कमिटी बैठकले परिवर्तन गर्ने सम्भावना छ ।
फागुन १५ गते हुने तय भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ६ गते हुने भएपछि चैतभित्र महाधिवेशन आयोजना गर्न सम्भव नहुने अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताए ।
स्थायी कमिटी बैठक आगामी १५ र १६ गते आयोजना गरिँदै छ । अनेरास्ववियुको महाधिवेशनबाट अध्यक्षका लागि हालका उपाध्यक्षहरू गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती, मर्यादा विष्ट र महासचिव नरेश रोकाय दाबेदारका रूपमा देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ माघ २०८१, १३ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डद्वारा अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन उद्घाटन
अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा
बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन
'राजनीतिक शुद्धीकरण' अभियान चलाउने अनेरास्ववियुको निर्णय (पूर्णपाठ)