राष्ट्रियसभा सदस्यमा विजय भएकालाई माधव नेपालले दिए बधाई

सफल खबर संवाददाता

विहीबार, १३ माघ २०७८, ०९ : ५०
राष्ट्रियसभा सदस्यमा विजय भएकालाई  माधव नेपालले दिए बधाई

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी भएका नेताहरुलाई बधाई ज्ञापन गरेका छन् । 

विजयी सन्देश जारी गर्दै नेपालले विजयीहरुको कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका छन् । सो पार्टीका तर्फबाट विजयी भएका पाँच सदस्यलाई पनि बधाई तथा सफलताको कामना गरिएको छ । 

राष्ट्रियसभामा १९ सदस्यका लागि बुधबार भएको निर्वाचनमा एकीकृत समाजवादीका उपाध्यक्ष जयन्ती राई, सचिव मदनकुमारी (गरिमा) शाह,
केन्द्रीय सदस्यहरु उदय बोहरा, गोमा तिमिल्सिना र राजेन्द्रलक्ष्मी गैरे तथा गठबन्धनबाट अन्य १३ सदस्य र एमालेबाट एक सदस्य निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस