काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीविरुद्ध अनेकौं किसिमको षड्यन्त्र भइरहेको जिकिर गरेका छन् । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले षड्यन्त्रको मूल्यांकन गरेर सतर्कता अपनाउनुपर्ने बताए ।
नेपालले भने, ‘राष्ट्रिय राजनीतिमा पनि नयाँ नयाँ घटना भइरहेका छन्, त्यसमा हाम्रो ध्यान गइरहेको छ । हामी बेखबर र निक्रिष्य हुन पनि सक्दैनौं । हाम्राविरुद्ध अनेकौं किसिमको तानाबाना बुनिँदैछन् भन्ने सुन्नमा आइरहेको छ। कति सत्य हो असत्य हो थाहा छैन । त्यो प्रवृत्तिको जानकारी लिएर मूल्यांकन गरेर आफ्नो स्थानमा सतर्कता अपनाउनुपर्छ ।’
उनले विभिन्न राजनीतिक शक्तिहरूसँग संवाद जारी राख्दै सबै पार्टीबाट सूचनाहरू लिनपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० साउन २०८१, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो कास्टिङ मात्र हो, प्रतिगामीहरू होसियार : माधव नेपाल
भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो : माधव नेपाल
ओली सरकार साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोज्दैछ : माधव नेपाल
केपी ओली मुलुक सञ्चालनमा गम्भीर हुनुहुन्न : माधव नेपाल
प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा देशलाई लैजान हुँदैन : माधव नेपाल
कम्युनिष्ट भनिएकाहरूले मुलुक चलाए पनि जनता सन्तुष्ट छैनन् : माधव नेपाल