आज राति वर्षा र हिमपात !

सफल खबर संवाददाता

मंगलबार, ११ माघ २०७८, १९ : ३९
आज राति वर्षा र हिमपात !

काठमाडौँ । आज मंगलबार राति (भोलि बिहान ६ बजेसम्मको अवधि) देशभर मौसम आंशिकदेखि सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

अनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। 
 

प्रतिक्रिया दिनुहोस